- रामप्रसाद खनाल अमेरिका बसेको पनि १२ वर्ष नाघेछ । अमेरिकामा होस वा नेपाल बाहिर अन्य कुनै पनि देशमा होस वा नेपालमै पनि किन नहोस्, म नजिक बाट नियाल्ने प्रयास गर्छु - नेपालीहरूमा यति बिघ्न स्वार्थी पन, कठोर मनको विकास हुँदै गएको छ कि यदि यही गतिमा जाने हो भने अबका केही वर्षमा छोराछोरीले आफ्नै बाउ आमा चिन्न छाड्ने छन् । चिनिहाले जस्तो अभिनय गरे पनि उनीहरूको आत्मामा बाउ आमा प्रतिको माया, अन्तर सम्बन्ध सबै सिसा जस्तै झर्याम झुरुम टुटेको हुने छ । आजले भोलि देखाउँछ । यो मैले नजिकबाट नियाली रहेको कहाली लाग्दो भोलिको तस्बिर हो । श्रीमानलाई श्रीमती, श्रीमतीलाई श्रीमान् भए पुग्ने, आफूले जन्माएको छोरो र बुहारी, छोरी र ज्वाइँ मात्र आफ्ना । अरू सबै पराया जस्तो देखाउने चलनको विकास नै हाम्रो मानव सभ्यता, मानवीय धर्म, नैतिकता र आदर्शको विनाश उन्मुख बाटो हो । तर आफ्ना छोरा बुहारी र छोरी ज्वाँईलाई मात्र आफ्नो देख्दै गरेका बाउ आमा यो पनि भुलिसकेका छन् कि हाम्रा छोरा बुहारी, छोरी ज्वाँईबाट पनि हामीले सोंचे जस्तै माया पाइरहेका छौँ त ? भनेर । छोरो बुहारीको भैसकेको हुन्छ । उ बुहारीको रोबर्ट बनेको हुन्छ