चलचित्र जगतका प्रख्यात हस्ती, कुशल निर्माता, निर्देशक, एबम कलाकार अशोक शर्माको निर्देशन रहेको चलचित्र ‘रातो टिका निधारमा’को छायांकन सकियो

नेपाली चलचित्र जगतका प्रख्यात हस्ती, कुशल निर्माता, निर्देशक, एबम कलाकार अशोक शर्माको निर्देशन रहेको चलचित्र ‘रातो टिका निधारमा’को छायांकन सकिएको छ । औपचारिक रुपमा ‘क्यामेरा अन’ गरिएको २९ दिनमा चलचित्रको पूर्ण छायांकन सकिएको निर्माता तथा निर्देशक शर्माले बताए । चलचित्रलाई झापा र काठमाण्डौको लोकेशनमा खिचिएको छ ।
आगामी दशैंलाई रिलिज मिति पक्का गरेको यो चलचित्रको तयारी भैरहेको छ । यो चलचित्रमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नयाँ नायक अंकित शर्माको मुख्य भूमिका छ । चलचित्रमा यी दुई कलाकारको साथमा नीता ढुंगाना, खुश्बु खड्का, बुद्दी तामाङ, रश्मी भट्ट, जयनन्द लामा, अर्जुन श्रेष्ठ, राजाराम पौडेल, शिवहरी पौडेल, बसुन्धरा भुषाल लगायतको पनि मुख्य भूमिका छ ।
चलचित्रमा पुरानो सफल चलचित्र ‘अल्लारे’मा समावेश ‘रातो टिका निधारमा’ बोलको गीत समावेश गरिएको छ । रिमेक गरी चलचित्रमा समावेश गरिएको यस गीतलाई छिट्टै सार्वजनिक गरिने निर्देशक शर्माले बताए ।





**********************************************************************
Comments
Post a Comment