शिवहरी पौड्यालको लेखन तथा निर्देशनमा बिशुध्द पारिबारिक, नेपाली कथानक चलचित्र "लक्का जवान" बन्ने भयो, गरियो काठमाडौंमा घोषणा, सबै विवरण केही दिन पछी सार्वजनिक गरिने
अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका केन्द्रिय उपाध्यक्ष एबम नेपाल शाखाका अध्यक्ष अग्रज हाँस्य कलाकार, फिल्म निर्माता, किसी जोडी ( किरण केसी शिवहरी पौडेलको जोडी ) का एक हस्ती शिवहरी पौड्यालको लेखन तथा निर्देशनमा बिशुध्द पारिबारिक, नेपाली कथानक चलचित्र लक्का जवान बन्ने भएको छ ।
उक्त कुरा आज काठमाडौंमा आयोजित किरण केसी जन्मोत्सब कार्यक्रममा चलचित्र लक्का जवानका लेखक, निर्देशक एबम कलाकार शिवहरी पौड्याल र सह निर्माता किरण केसीले संयुक्त रुपमा घोषणा गर्नुभएको हो ।

आमा बंगालमुखी फिल्म प्रोडक्सन प्रालिको व्यानरमा निर्माण हुने चलचित्र ‘लक्का जवान’ पारिवारीक तथा कमेडी कथामा बन्न लागेको छ र यो चलचित्र सँगै अग्रज कलाकार शिवहरि पौडेलले अब चलचित्र निर्देशकको रुपमा पनि नयाँ परिचय बनाउन लागेका छन । तर जिरे खुर्सानी जस्तो एतिहासिक र लामो सिरियलका लेखक र निर्देशक पौडेलले ब्रेकफेल लगायत कयौं सिरियल, कार्यक्रममा पनि निर्देशक को राम्रो र गडिलो परिचय पहिलेनै बनाइसकेका छन । ति अनुभबको आधारमा भन्न सकिन्छ कि शिवहरी लक्का जवान चलचित्र बाट एउटा सफल निर्देशक बनेर चलचित्र जगतमा पदार्पण गर्ने छन ।
ध्रुव वन्त र अनुसुया श्रेष्ठ वन्त मुख्य निर्माता रहेको चलचित्रका सह–निर्मातामा किरण केसी, दिलिप रायमाझी र शिवहरि पौड्याल हुन् । यो चलचित्रको बिषयमा निर्देशक पौडेलले भने–‘चलचित्रलाई हामीले विशुद्ध पारिवारिक र कमेडी कथामा निर्माण गर्दैछौ । चलचित्रको बिषयमा अन्य जानकारी हामी पछि दिनेछौ ।’
अत्यन्त लोकप्रिय हाँस्य कलाकार, प्रतिभावान कलाकार, बहुमुखी प्रतिभाका उदाहरणिय कलाकार शिबहरी पौड्याल र वहाँको सम्पूर्ण टिमलाई लक्का जवान चलचित्रको एतिहासिक सफलताको शुभकामना ।

Comments
Post a Comment