नेपाली भूमी अतिक्रमणका बिरुद्ध न्युयोर्कको संयुक्त राष्ट्रसंघ भवन अगाडि बिरोध प्रदर्शन, राष्ट्रसंघलाई ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र दिईयो !




Image may contain: 2 people, people standing, shoes and outdoor
संयुक्त राष्ट्रसंघ मुख्यालय न्युयोर्क अगाडि, भारतीय पक्षबाट भएको नेपाली भूभूमीमि अतिक्रमणका बिरुद्ध आयोजित एउटा बिशेष कार्यक्रमलाई सम्बोधन गर्दै नापी बिभागका पूर्व महनिर्देशक एबम सिमाविद बुद्धिनारायण श्रेष्ठले नेपालका तर्फबाट लिपुलेक, लिम्पियाधुरा लगायत नेपाली भूभाग समेटेको नक्शा तुरुन्त सार्वजनिक गर्नुपर्ने बताउनुभयो ।
वहाँले सिमा क्षेत्रमा दर्जनौं ठाउँहरुमा नेपाली भुभागहरु भारत द्वारा मिचिएका छन त्यसको लागि नेपाल सरकारले भारत सरकार सँग कुटनितीक ढङ्ग ले बार्ता गरी समस्याको समाधान खोज्नुपर्छ भन्नुभयो ।

भारतीय पक्षबाट भएको नेपाली भूमि अतिक्रमणकाबिरुद्ध संयुक्त राष्ट्रसंघ मुख्यालय न्युयोर्क अगाडि आयोजित उक्त विरोध प्रदर्शनमा न्युयोर्क र आसपासका राज्यबाट समेत नेपालीहरुको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा लोकप्रिय संचारकर्मी एबम उक्त कार्यक्रमका पहलकर्ता प्रेम बानियाले भारतीय पक्षबाट भएको नेपाली सिमा अतिक्रमणबिरुद्ध विश्वभरका नेपालीहरुले आवाज उठाउनुपर्ने बताउनुभयो । वहाँले हामीलाई भारतको जमिन चाहिँदैन तर हाम्रो नेपाली जमिन पनि मिच्न पाइंदैन भन्नुभयो । कार्यक्रममा सहभागी भै एक्यबध्दता जनाउनुहुने सबै प्रति वहाँले धन्यवाद र आभार प्रकट गर्नुभयो । 

पत्रकार एबम उक्त कार्यक्रमका अर्का अभियन्ता अनिल अधिकारीले भारतीय पक्षबाट नेपाली भूभाग अतिक्रमणविरुद्धको प्रदर्शनमा नेपालीहरुको सहभागिताले देशभक्ति प्रतिबिम्बित गरेको बताउनुभयो ।


अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रीय कार्य समिति, अमेरिकाका अध्यक्ष, लोक गायक एबम पत्रकार रामप्रसाद खनालले राष्ट्र एकिकरणकाका नायक पृथ्वीनारायण शाहलाई श्रध्दा सुमन अर्पण गर्दै भारत द्वारा अतिक्रमित नेपाली भुभागहरुका बिषयमा आवाज उठाउन, संयुक्त राष्ट्रसंघ र संसारको ध्यानाकर्षण गर्न संयुक्त राष्ट्रसघ अगाडि यो कार्यक्रम आयोजना गरिएको र केही दिन अघि डीसीमा व्हाइट हाउस अगाडि पनि यस्तै कार्यक्रम गरिएको बताउनुभयो । खनालले कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायत मिचिएका भुभागहरुको बारेमा भर्खरै प्रकाशित आफ्नो राष्ट्रिय गीत गाउनुभयो ।               

कार्यक्रममा लोक गायक रामप्रसाद खनाल, गायिका सपना श्री र कवयित्री शकुन ज्ञवालीको गीत र कविताले देशभक्तिपूर्ण माहौल श्रृजना गरेको थियो ।

कार्यक्रममा भारतीयपक्षबाट गरिएको सिमा अतिक्रमणको बिरुद्ध नारावाजी गरिएको थियो भने सहभागीहरुले सोही सम्बन्धी प्लेकार्डहरु बोकेका थिए । सहभागीहरुले भारतीय पक्षबाट आफ्नो नक्शामा समेटेको लिपुलेक, लिम्पियाधुरासहतिको नेपालको नक्शासहितको टिसर्ट लगाएका थिए ।
विरोध प्रदर्शनपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटिरेजलाई प्रवक्तामार्फत ज्ञापनपत्र बुझाइएको थियो । भारतीय पक्षले सार्वजनिक गरेको नक्शामा नेपालको भूभाग समेटेकोमा त्यसलाई सच्याउने दिशामा सकारात्मक भूमिका खेल्न राष्ट्रसंघलाई आब्हान सहित ज्ञापनपत्र समेत बुझाइएको छ ।

भारतले सार्वजनिक गरेको नक्शामा नेपाली भूभाग समेटेको सन्दर्भमा बुद्धिनारायण श्रेष्ठको बिष्लेषणसमेत ज्ञापनपत्रमा समेटिएको थियो । ज्ञापनपत्रमा सिमाविद् बुद्धिनारायण श्रेष्ठ सहित विरोध प्रदर्शनमा सहभागीहरुको हस्ताक्षर सहित हस्तान्तरण गरिएको थियो । हस्तान्तरणका लागि श्रेष्ठका साथमा संचारकर्मीहरु प्रेम बानिया, अनिल अधिकारी, लोक गायक रामप्रसाद खनाल, पत्रकार किशोर पन्थी, एनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारी र सामाजिक कार्यकर्ता सोमनाथ घिमिरे संयुक्त राष्ट्रसंघ मुख्यालय जानुभएको थियो ।



कार्यक्रमका तस्विर, भिडियोहरु यसरी समाचार बोल्छन : 
Image may contain: sky, tree, skyscraper and outdoor

Comments

Popular posts from this blog

“कुनै पनि देशले कोभिड–१९ सँग आत्मसमर्पण गर्नु वा यसमाथि विजयको घोषणा गर्नु हतारको निर्णय हुनेछ" : विश्व स्वास्थ्य संगठन

अमेरिकाबाट नेपाल आएर रामप्रसाद खनालले गाए पञ्चेबाजाको मन छुने गीत, रिलिज भयो दुलाहा दुलहीको भिडियो !