बसन्त चौधरीले वहाँका आफ्ना नेपाली र हिन्दी भाषाका कविता, मुक्तक र गजल बाचन गरेर वाशिङ्गटन डिसीबासीलाई मनमुग्ध मात्र पार्नुभएन, वाहवाही पनि बटुल्न सफल हुनुभयो ।

Image may contain: 1 person, text

अग्रज कवि, साहित्यकार एबम गीतकार बसन्त चौधरीको बिभिन्न नौं भाषामा प्रकाशित कविता कृति "बसन्त" र हिन्दी भाषामा प्रकाशित कृति "चाहतोँ के साय में" को अमेरिका लोकार्पण र वहाँको "विश्व काब्य यात्रा, वाशिङ्गटन डिसी २० औं श्रृंखला" अत्यन्त भब्य र सभ्य रुपमा सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका ( www.iafamerica.com ) र इन्टरनेशनल मिडिया एण्ड इन्टरटेन्मेन्ट हाउस, अमेरिकाको संयुक्त आयोजनामा भएको कार्यक्रममा कवि, साहित्यकार एबम गीतकार बसन्त चौधरीले वहाँका आफ्ना नेपाली र हिन्दी भाषाका कविता, मुक्तक र गजल बाचन गरेर वाशिङ्गटन डिसीबासीलाई  मनमुग्ध मात्र पार्नुभएन, वाहवाही पनि बटुल्न सफल हुनुभयो ।

शुरुमा ४५ मिनेटको काब्य बाचन तय गरिए पनि वाशिङ्गटन बासीको फर्माइसमा वहाँले करिब डबल समय लिनुभयो । अचम्म त के भयो भने चौधरीको काब्य बाचन शुरु भए पछी दर्शक श्रोता दीर्घा वाहवाही, ताली र साथ दिन तल्लिन देखियो भने कार्यक्रम अन्त्य भए पछी पनि चौधरी सँगै झुम्मीइ रह्यो । अमेरिकाबासी नेपालीहरुका बिच चौधरी सुपर स्टार सेलिब्रेटी जस्तै भएर बिदा हुनुभयो । बिदा हुनु अघि आधा घण्टा फोटो शेशनमा तानातान मा परेका चौधरी सँग रात्रीभोज अबधी भर पनि दर्शक श्रोता झुम्मीइ रहे ।

आयोजक अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र इभेन्ट म्यानेज्मेन्ट गरेको इन्टरनेशनल मिडिया एण्ड इन्टरटेन्मेन्ट हाउस, अमेरिकाका अध्यक्ष, लोक तथा लोहोरी गायक रामप्रसाद खनालले कार्यक्रमको शुरुमै बसन्त चौधरीको विश्व काब्य यात्रा आयोजना बारेमा प्रस्ट पार्दै चौधरी सहित सबै अतिथि दर्शक र श्रोताहरुलाई स्वागत गर्नुभएको थियो ।

त्यस लगत्तै अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका कोसाध्यक्ष एबम सँस्कृतीबिद भुप नारायण घर्ति मगरले मिठो उदघोसण सहित सर्जक चौधरी, अध्यक्ष खनाल, अमेरिका नेपाल सोसाइटिका अध्यक्ष प्रभा देउजा, अबैतनिक महाबाणिज्यदुत एबम लोक गायक प्रेमराजा महत, पूर्व राजदुत प्रा. डा. रबी मोहन सापकोटा, ANHS का अध्यक्ष केदार तिम्सिना, अग्रज पत्रकार सोमनाथ घिमिरे, कवि बसन्त श्रेष्ठ, अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका सचिब प्रकाश नेपाल, अनेसास डिसी उपाध्यक्ष रजनी श्रेष्ठ, BOT उपाध्यक्ष पुरु सुबेदी, डा. कविता घिमिरे, अन्तर्राष्ट्रिय कलाकार मञ्चका सदस्य नायिका पूजा लामा, समाजसेबी रामशरण हुमागाइलाई अगाडि मँचमा बोलाउनुभयो र चौधरीका बिभिन्न नौं भाषामा प्रकाशित कविता कृति "बसन्त" र हिन्दी भाषामा प्रकाशित कृति "चाहतोँ के साय में" को अमेरिका लोकार्पण गरियो । लोकार्पण पछी सबैले सामुहिक रुपमा चौधरीलाई खादा र मालाले सम्मान गर्नुभयो भने आयोजकका तर्फबाट बिशेष अतिथि चौधरीलाई अभिनन्दन पनि गरियो ।

अभिनन्दन पत्र प्रकाश नेपालले पढेर सुनाउनुभयो भने बिशेष अतिथि चौधरीलाई अध्यक्ष खनालले अभिनन्दन पत्र हस्तान्तरण गर्दै अभिनन्दन गर्नुभयो । विश्व काब्य यात्राका तर्फबाट बिशेष अतिथि बसन्त चौधरीले कार्यक्रम आयोजक अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र इभेन्ट म्यानेज्मेन्ट गरेको इन्टरनेशनल मिडिया एण्ड इन्टरटेन्मेन्ट हाउस, अमेरिकाका अध्यक्ष रामप्रसाद खनाललाई आभार सहित उपहार प्रदान गर्नुभयो ।

यसै बिच एक धन्यवाद तथा आभार ब्यक्त नोट प्रकाशित गर्दै आयोजकका तर्फबाट रामप्रसाद खनालले भन्नुभएको छ : "अग्रज कवि, साहित्यकार एबम गीतकार बसन्त चौधरीको बिभिन्न नौं भाषामा प्रकाशित कविता कृति "बसन्त" र हिन्दी भाषामा प्रकाशित कृति "चाहतोँ के साय में" को अमेरिका लोकार्पण र वहाँको "विश्व काब्य यात्रा, वाशिङ्गटन डिसी २० औं श्रृंखला" अत्यन्त भब्य र सभ्य रुपमा सम्पन्न भएको छ । आयोजक अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका ( www.iafamerica.com ) र इभेन्ट म्यानेज्मेन्ट गरेको इन्टरनेशनल मिडिया एण्ड इन्टरटेन्मेन्ट हाउस, अमेरिकाको अध्यक्षको हैसियतले र मेरो ब्यक्तिगत हैसियतले पनि हाम्रो निम्तो स्वीकार गर्दै नेपाल देखी अमेरिका सम्म आएर, कार्यक्रममा उपस्थित भएर बहुमुखी प्रतिभाका धनी, कवि, गीतकार, साहित्यकार, सफल उद्योगी, ब्यबसायी, अत्यन्त शालिन र भद्र ब्यक्तित्व, मेरा आदरणीय दाई बसन्त चौधरीज्यूले कबिता, मुक्तक, गजल प्रस्तुत गरेर वाशिङ्गटन डिसीबासी हामी नेपाली समुदायलाई मनमुग्ध मात्र पार्नुभएन, दुई घण्टा बितेको पत्तै दिनुभएन । साहित्य, कला, गीत संगीत, सँस्कृतीको क्षेत्रका एक प्रखर हस्ती, सबैको मन मुटु जित्न सफल बसन्त दाईका बिभिन्न नौं भाषामा प्रकाशित कविता कृति "बसन्त" र हिन्दी भाषामा प्रकाशित कृति "चाहतोँ के साय में" को अमेरिका लोकार्पण र दाइको काब्य बाचनको हामीलाई प्राप्त अबसर प्रति म नतमस्तक छु र दाई प्रति हार्दिक आभार ब्यक्त गर्न चाहन्छु ।

बसन्त दाई जस्ता यस्ता बहुमुखी प्रतिभाका धनी, उदाहरणीय ब्यक्तित्वलाई अमेरिकामा अभिनन्दन गर्न पाउँदा हामी अमेरिकाबासी नेपालीहरु ज्यादै हर्सित छौं ।

 भब्य र सभ्य कार्यक्रममा उपस्थित भएर कार्यक्रम पूर्ण रुपमा सफल पार्न सहयोग गर्नुहुने वाशिङ्गटन डिसी मेट्रो एरियाका उपस्थित सबै दर्शक श्रोता, बिभिन्न संघ संस्थाका अध्यक्षहरु, साहित्य, कला, गीत संगीत, सँस्कृतीप्रेमी महानुभाबहरु, महानुभाबहरु, अतिथिहरु सबै प्रति पनि म आयोजकका हैसियतले हार्दिक आभार ब्यक्त गर्न चाहन्छु ।

कार्यक्रम प्रत्यक्ष प्रसारण र समाचार सम्प्रेसण गर्ने सबै मिडियाहरु, पत्रकार मित्रहरु, र विश्व काब्य यात्रा कार्यक्रमका कोअर्डिनेटर मेरा परम मित्र, कवि, गीतकार, चलचित्र निर्देशक प्रा. राजेन्द्र शलभ प्रति पनि म यस अबसरमा हार्दिक धन्यवाद र आभार प्रकट गर्न चाहन्छु । धन्यवाद ।"

यसै गरी कवि, साहित्यकार एबम गीतकार बसन्त चौधरीले कार्यक्रम लगत्तै प्रकाशित अङ्रेजी नोटमा भन्नुभएको छ: "Note from my heart:
The Canada-US leg of my Vishwa Kavya Yatra has drawn to a close. There is a sense of fulfilment. But it is also tinged with pain for a person like me who revels in journeying than reaching the end of his sojourn. The pain becomes all the more pronounced when one ends a journey of poetry. Traveling from one place to another reciting my poems in these two great countries over a fortnight I was overwhelmed by the hearty response of the audience. Largely belonging to the Nepali diaspora, persons attending my lyrical soirees left me drenched in their love and appreciation. The soothing touch of the mother tongue transformed the events into an unbridled meeting of hearts. The magic of the muse was at its full play.

Literature can indeed bring together people driven apart in these fractious times. It is highly satisfying to contribute one's little bit in creating a harmonious humankind.

Most of us are prone to lauding the end product without bothering to notice the effort that has gone into its creation. But how can I forget the good wishes extended to me by my family and friends, the hard work put in by my supporters in organizing the literary events at different venues and the enthusiasm displayed by the media in covering the Yatra. News portals ensured that details of the Yatra reached far and wide. I thank all of you from the bottom of my heart.

उता विश्व काब्य यात्राका सँयोजक, कवि, गीतकार, चलचित्र निर्देशक प्रा. राजेन्द्र शलभले पनि कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद र आभार प्रकट गर्नुभएको छ ।
Image may contain: 37 people, including Laxmi Kant Goudel, Amrit Kattel, Shova Kharel, Saru Panta, Bimala Basnet, Bishwa Raj Thapa, Puru Subedi, Mukti Bdr Karki, Somnath Ghimire and 3 others, people smiling, indoor
Image may contain: 1 person, text
Image may contain: 2 people, people smiling, crowd
Image may contain: 5 people, including Balkrishna Panthi, people smiling, people sitting and text
Image may contain: 8 people, including Ram Prasad Khanal and Goma Adhikari, people smiling, people standing, suit, wedding and indoor
Image may contain: 3 people, including Ram Prasad Khanal, people standing
Image may contain: 20 people, including Shamir Dahal, Prakash Nepal, Sangita Panta and Bimala Basnet, people sitting
Image may contain: 2 people, people smiling, indoor
Image may contain: 7 people, including Prakash Nepal, Kedar Prasad Timsina and Ramsharan Humagai, people standing and indoor
Image may contain: 1 person, text
Image may contain: one or more people, people sitting and crowd





















Comments

Popular posts from this blog

अमेरिकाबाट नेपाल आएर रामप्रसाद खनालले गाए पञ्चेबाजाको मन छुने गीत, रिलिज भयो दुलाहा दुलहीको भिडियो !

“कुनै पनि देशले कोभिड–१९ सँग आत्मसमर्पण गर्नु वा यसमाथि विजयको घोषणा गर्नु हतारको निर्णय हुनेछ" : विश्व स्वास्थ्य संगठन