दुई महिना नेपाल बसेर भर्खर अमेरिका फर्किएका रामप्रसाद खनाल : सात वटा गीत गाए, धेरै टेलिभिजन र रेडियोहरू देखी मिडियामा छाइरहे
अग्रज लोक गायक, नेपालमा लोक दोहोरीका पिता नामले चिनिने हस्ती, पत्रकारिता देखी गीत सङ्गीत, कलाकारिता, साहित्य हर क्षेत्रमा अग्रणी व्यक्तित्व रामप्रसाद खनाल दुई महिना नेपाल बसेर भर्खर अमेरिका फर्किएका छन् । नेपाल बस्दा उनले यस पटक पनि सात वटा गीत गाएर गए । दुई वटा गीत रिलिज गरिसकेका उनले अरू पाँच वटा गीत क्रमशः रिलिज गर्दै जाने विभिन्न टेलिभिजनहरू, रेडियोहरू र मिडियामा अन्तर्वार्ताका क्रममा जानकारी दिएका छन् । यस पटक पनि धेरै टेलिभिजन र रेडियोहरू देखी मिडियामा उनी नेपाल बसुन्जेल छाइरहे ।
१- उनी यस पटक आफ्नै अनुज, आफैले लोक दोहोरीको क्षेत्रमा पाइला टेकाएका चेला कृष्ण कँडेलको चर्चित इन्द्रेणी कार्यक्रममा विशेष अतिथि भएर पुगे । खनाललाई कृष्ण कँडेल र उनको इन्द्रेणी कार्यक्रम टिमले अभिनन्दन, सम्मान गर्न खैँजडी भजन सहितको भव्य कार्यक्रममा निम्त्यायो त्यहाँ उनले सम्मान र अभिनन्दन अस्वीकार गरेर फरक शैलीमा प्रस्तुत भए । खनालको यो शैलीले नेपालमा निकै प्रशंसा पायो र कृष्ण कँडेल र इन्द्रेणी झन् नतमस्तक भए । हेर्नुस् भिडियोहरू यी लिँकमा:
https://www.youtube.com/watch?v=52gGxWytyK8&t=43s
https://www.youtube.com/watch?v=HB67Ho2-CS8&t=40s
https://www.youtube.com/watch?v=aq33-9VHP3k&t=8s
२ - उनै रामप्रसाद खनालका छोरा ज्ञानेन्द्र खनाल र छोरी सुस्मा खनालको बिहेमा इन्द्रेणी कार्यक्रम र कृष्ण कँडेल यसरी प्रस्तुत भए हेर्नुस् भिडियो लिङ्क :
https://www.youtube.com/watch?v=6mRYtUNRP9A&t=313s
३ - हुन त खनाललाई यस पटक नेपाल बस्दा पनि पहिला जस्तै टेलिभिजन र मिडियाले पछ्याइरहे, उनी फिल्टर गरी गरी अन्तर्वार्ता मा गए । जहाँ गए बोल्ड भएर प्रस्तुत भए । उनका अन्तर्वार्ता नेपालमा चर्चामा रहे । धेरै टेलिभिजनमा लाइभ अन्तर्वार्ता दिएका खनालका युट्युब मा उपलब्ध यी अन्तर्वार्ता हेर्नुस् :
https://www.youtube.com/watch?v=3ZtVsqJhLIg&t=10s
https://www.youtube.com/watch?v=55Zc1cFYo_E&t=206s
https://www.youtube.com/watch?v=7wUXtgOyaIg&t=7s
https://www.youtube.com/watch?v=rseoAwu7Cr8
४ - दुई महिनाको अवधिमा सात वटा गीत ल्याउने नेपालमा न कुनै कलाकार छन् न त कुनै गायक गायिका । यिनले ल्याएका सात गीत मध्ये यी दुई गीत रिलिज पनि भए चर्चामा पनि रहे । यिनको भजन अहिले नेपाल भर सबै टेलिभिजन, रेडियोहरू, मठ मन्दिरमा बजिरहेको छ, हेर्नुस् भिडियो लिङ्कहरू तल :
https://www.youtube.com/watch?v=SbxXGhAU09w&t=457s
५- खनाल यस पटक मिसेस् एन्ड मिस ब्युटिफुल नेपालमा जज र जुरीको रोलमा पनि सदाबहार नायक भुवन केसी, हास्य विधाका हस्ती शैलेन्द्र सिम्खडा जस्ता ब्यक्तित्वहरुसँग पनि फरक रूपमा यसरी देखिए :
६ - राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका चार सय पचास भन्दा बढी सम्मान, अभिनन्दन प्राप्त बहु प्रतिभाशाली खनाललाई यस पटक राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालको स्थापना भएको नवलपरासीको अरुण खोलामा आयोजित राष्ट्रिय अधिवेशन स्थलमै लगेर राष्ट्रिय स्रष्टा सम्मान द्वारा विशेष रूपमा सम्मानित गरियो यसरी :
७ - यस पटक नेपालमा उनलाई एउटा भव्य कार्यक्रम आयोजना गरेर डायस्पोरा सङ्गीत सम्मान द्वारा सम्मानित गरियो । हेर्नुस् केही तस्बिरहरू :
८ - जनता टेलिभिजनको दुई वटा लाइभ अन्तर्वार्ता पनि रामप्रसाद खनालको प्रस्तुति दर्शक श्रोताले मन पराएको पाइयो । हेरौँ ती दुई अन्तर्वार्ता :
https://www.youtube.com/watch?v=7wUXtgOyaIg
https://www.youtube.com/watch?v=55Zc1cFYo_E
९ - मेरो लाइफ स्टाइल टेलिभिजनमा खनालको अन्तर्वार्तामा पनि खनाल गीत सङ्गीत देखी समसामयिक विषयमा यसरी प्रस्तुत भए :
१० - विभिन्न मिडियाहरूमा खनालका समाचारहरू यसरी छाइरहे । उनी नेपाल बाट अमेरिका उडे पछि पनि मिडियाहरूको कभरेज जारी छ हेरौँ केही लिंकहरु:
११ - सात वटा गीत मात्रै होइन खनालले यस पटक आफ्नो अठारौँ कृति अर्थात् पुस्तक "माटोको दुखाइ" पनि प्रकाशित गरेर अमेरिका फर्किए :
१२ - खनालका दुई अनलाइन अन्तर्वार्ताहरू नेपालको नम्बर वन अनलाइन खबर र अर्को रातो पाटी डट कममा प्रकाशित अन्तर्वार्ता निकै चर्चामा रहे र हजारौंं शेयर पनि भए:
https://www.onlinekhabar.com/2021/12/1056927?fbclid=IwAR3oTElGmcw9ESfuQvdnTleJZDen0AJK6ukY1us18eRj01snITRIHC6vEYU#
https://ratopati.com/story/212796/2021/12/25/ram-prasad-khanal-?fbclid=IwAR0DgZXlv1As1OtWYyspf8DRyXX-3EozAU5HMGQhKCruroi3iYOFacPE8yc
१३ - यस पटक खनालले नेपालमा एक सय बिस भन्दा बढी रेडियो स्टेसनमा एकै पटक लाइभ अन्तर्वार्ता दिए जुन बिरलै हुने गर्दछ:
१४ - चलचित्र जगतकी जाने मानेकी नायिका, निर्माता, निर्देशक र अग्रज कलाकार दीपा श्री निरौलाले खनाल सँग लिएर रेडियो अडियो मा प्रसारण गरेको अन्तर्वार्ता पनि कम रोचक थिएन खनालको:
१६ - एउटा म्युजिक अवार्ड कार्यक्रममा खनाल विशेष अतिथि भएर पुगे र कयौँ कलाकारहरूलाई पुरस्कार र सम्मान पनि अर्पण गरे :
१७ - स्वदेश आएका बखत काठमाडौँमा अग्रज पत्रकार राजन कार्कीद्वारा लिखित "ज्वालामुखी माथि देश" लोकार्पण समारोहमा अतिथि र वक्ताको रूपमा पनि खनाल शाहअभागेए भए त्यहाँ उनको मन्तव्य सबैको आकर्षण बनेको थियो :
१८ - खनाल नेपालमा युट्युबरहरुसँग निकै बच्ने र फिल्टर गर्ने प्रयास गरेका देखिए । तर पनि उनलाई एक जना युट्युबर उमेश सुबेदीले सुखै दिएनन् । त्यो अन्तर्वार्ता अहिले टिक टक र फेसबुकमा भाइरल छ :
https://www.youtube.com/watch?v=KP_XSxlMYKE

















































Comments
Post a Comment