"मुर्दाहरुको बस्ती" देखी गीत संगीत र अभिनय सम्म रामप्रसाद खनाल, अब नयाँ टेलिभिजनको तयारीमा पनि उनी र उनको टिम !




अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका अध्यक्ष, वरिष्ठ लोक दोहोरी गायक एवम् कलाकार रामप्रसाद खनाल गत वर्ष जस्तै यो वर्ष पनि नेपाल गए र त्यहाँ दसैँ तिहार मात्र मनाएनन् चार हप्ताका बिचमा केही महत्त्वपूर्ण कामहरू गरेर फर्किएका छन् । यस पटक मात्र चार वटा सदाबहार गीत गाएका खनालले आफ्ना गीति एल्बमहरुको सङ्ख्या यस पटक बढाएर ४७ मा पुर्‍याए । उनले आफ्ना सदाबहार गीतहरूको डिभिडी मात्र प्रकाशन गरेनन्, सत्रौँ पुस्तकका रूपमा आफ्नो एउटा अर्को कविता सङ्ग्रह "मुर्दाहरूको बस्ती" पनि प्रकाशित गरेर बजारमा पुर्‍याएरै हिँडे जन्मभूमि नेपालबाट कर्मभूमि अमेरिका तिर । 

नेपालमा चार हप्ताको छोटो समयमा यती धेरै काम गर्न सक्ने खनाललाई देखेर उनका सहकर्मी कलाकारहरू दङ्ग पर्दछन् र भन्छन् " वहाँको ऊर्जा र काम गर्ने जाँगर देखेर हामी अचम्म पर्दछौँ, यस्तो मान्छे नेपालमै बस्नु पर्ने हो, नेपालले, नेपाली गीत सङ्गीत र कलाकारिता क्षेत्रले वास्तवमै रामप्रसाद खनाललाई नेपालमा धेरै मिस गरिरहेको छ।" 
   
    खनालले यस पटक चार वटा अत्यन्त राम्रा गीतहरू गाए, एलबम पनि तयार गरे । यस पटक उनले गाएको पञ्चेबाजाको गीत " दुलही रानी कति राम्री हुन"    जब रिलिज हुने छ तब नयाँ तहल्का आउने छ पञ्चेबाजाको लोक दोहोरी क्षेत्रमा पनि । उनलाई पञ्चेबाजाको गीतमा स्वरमा साथ दिएकी छिन पछिल्लो पिँढीकी चर्चित गायिका पूर्ण कला बिसी र सङ्गीतमा साथ दिएका छन् चर्चित सङ्गीतकार एवम् गायक थानेस्वर गौतमले । पूर्ण कला फेसबुकमा लेख्छिन् "यो गीत अत्ती राम्रो भएको छ, रामप्रसाद खनाल जस्तो अग्रज गायकसँग मैले गीत गाउन पाउँदा साह्रै खुसी छु, यो अवसरका लागि रामप्रसाद दाजु प्रति म नतमस्तक छु" । 
खनालले यस पटक हरेक हरेक परिवारका लागि मन मुटु छुने लोक आधुनिक गीत पनि रेकर्ड गरेका छन् । बाबु आमा, दाजुभाइ, दिदी बहिनी देखी श्रीमती र छोराछोरी सम्म सबैलाई छुने गीत, सबैका लागि हुने गीत गाएको उनी बताउँछन् । 

उनले यस पटक अत्यन्त रमाइलो झ्याउरे गीत ( लोकगीत - च्यान्टी नानी ) पनि रेकर्ड गराएका छन् । त्यसै गरी उनले गीत सङ्गीतको क्षेत्रमा आफूलाई पथ प्रदर्शन गर्ने गुरु नारद गौतमको अनुरोधमा वहाँकै शब्द सङ्गीतमा " हेर हेर सगरमाथा " बोलको स्वदेश गान गाएनन् मात्र, एलबम निस्कियो र भिडियो पनि रिलिज भैसकेको छ उनकै बहु प्रतिभाशाली छोरी सुस्मा खनालको निर्माण तथा अभिनयमा । 

खनालले आफ्ना सदाबहार गीतहरूको सँगालो " रामप्रसाद खनालका सदाबहार गीतहरू" नामक डिभिडी पनि प्रकाशित गरेर बजार मा ल्याए । सबै गीतहरू अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका मार्फत बजारमा ल्याइएको छ भने उनको सत्रौँ पुस्तक कविता कृति " मुर्दाहरूको बस्ती " ऐरावती प्रकाशन काठमाडौँ ले प्रकाशन गरी नेपाल भर बजारमा उपलब्ध गराएको छ ।           
    
  दसैँ र तिहार मनाउन बुटवल पुगेका खनाल यस पटक आफ्नो जन्मस्थल गुल्मीको गाउँ सम्म पनि पुगे, गाउँघरका बुढा पुराना बा आमाहरू उनलाई झम्टेर रोए पनि, उनीहरू सँगै खनाल पनि रोएर फर्के । उनी भन्छन् अब नेपाल आउने जाने मात्र होइन, नेपालमै पनि केही नयाँ प्रोजेक्टहरू अगाडि बढाउँछु, नेपालमा पनि बस्छु । नेपालमा पनि मैले केही गर्नै पर्छ । केही नयाँ काम को सुरुवात गर्ने तयारीमा पनि छु । 

के नयाँ काम सुरुवात गर्दै हुनुहुन्छ भन्ने प्रश्नको उत्तरमा खनालले भने " गीत सगीत, कलाकारिता, साहित्य र पत्रकारिताकै क्षेत्रमा मैले केही गर्ने योजना बनाइरहेको छु, त्यस बाहेक एउटा नयाँ, अलग प्रकारको संसारभरि रहेका नेपालीहरूको साझा र वास्तविक सेटेलाइट टेलिभिजन जसको संसार भर प्रसारण पहुँच होस त्यो मेरो ड्रिम छ पहिलाई देखी ।"

गत वर्ष नेपाल जाँदा एघार वटा गीत गाएर, मिडियाहरूमा छाएर फर्किएका खनाल यस वर्ष पनि नेपाललाई  रामप्रसाद खनालमय बनाएरै छाडे । यस पटक नेपाल टेलिभिजनको लोकप्रिय कार्यक्रम मेरी बास्सैले खनालकै अभिनयमा सिरियल मात्र बनाएन खनाललाई नै मूल भट्ट बनाएर देउसी भैलो पनि निर्माण एवम् प्रसारण गर्‍यो मिडिया हब मार्फत, जसको खुबै चर्चा परिचर्चा भयो नेपालमा, बाह्र वर्ष पछि पनि रामप्रसाद खनालले आफ्नो मौलिक पन र सन्देश दिए देउसी भैलो मार्फत ।        
    
                   नेपालमा रहँदा खनालका केही गतिविधिहरू यि लिँकहरुमा हेर्नुस : 

सुस्माको निर्माण, निर्देशन, सम्पादनमा एउटा नयाँ स्वदेश गान सम्पन्न भइ रिलिज पनि !


बाउले गीत गाउने अनि छोरी नाच्ने ! हामी गुरु चेलाको यो गीत कस्तो भयो कुन्नी ?
सुस्माको निर्माण, निर्देशन, सम्पादनमा एउटा नयाँ स्वदेश गान सम्पन्न भइ आजै रिलिज पनि गरियो । गीत संगीत क्षेत्रका मेरा आदरणीय गुरु नारद गौतमज्यूको शब्द /संगीतमा मैले भर्खरै नेपालमा गाएको यो स्वदेश गानमा सुस्मा नाच्दै पनि छिन ।
छोँटो नेपाल बसाइमा गर्नु पर्ने धेरै काम, अमेरिका अाइसकेपछी यहाँको ब्यस्तता र समयको पावन्दी, साधन र श्रोतका कुरा, चाहेर पनि गर्न खोजेर पनि थुप्रै कुरामा कम्प्रोमाइज गर्नै पर्ने बाध्यता । यो गीत सगरमाथा, लुम्बिनी, रारा, फेवा पहाड तराइ सबैतिर पुगेर सुटिङ गर्नुपाए बल्ल गीतले मागे जति दिन सकिन्थ्यो भिडियोमा तर थोरै कुरामा चित्त बुझाउनुको बिकल्प रहेन । जे जस्तो छ स्वीकार गरिदिनुहोला ।
गीतको समग्र मुल्याङ्कन गर्ने जिम्मा दर्शक श्रोता हरुलाई नै छोडियो । नेपाल आमाको जय होस सबैको जय होस । धन्यवाद ।
नारद गौतम र रामप्रसाद खनालको स्वदेश गान "हेर हेर सगरमाथा"
स्वर : रामप्रसाद खनाल
शब्द/संगीत - नारद गौतम
अभिनय/नाच: सुस्मा खनाल
भिडियो निर्माण, निर्देशन, सम्पादन : सुस्मा खनाल
सुटिङ स्थल: अमेरिका र नेपाल
एरेन्ज: आशिश अबिरल
मिक्सिङ - HBN किस्मत
रेकर्डिङ: रागा स्टुडियो काठमाडौं
कपी राइट @ रामप्रसाद खनाल / अन्तरराष्ट्रिय कलाकार मँच, अमेरिका

*******************************************

१२ वर्ष पछि नेपाल टेलिभिजनको सर्वाधिक लोकप्रिय कार्यक्रम मेरी बास्सैमा रामप्रसाद खनाल यसरी प्रस्तुत भए

Comments

Popular posts from this blog

अमेरिकाबाट नेपाल आएर रामप्रसाद खनालले गाए पञ्चेबाजाको मन छुने गीत, रिलिज भयो दुलाहा दुलहीको भिडियो !

“कुनै पनि देशले कोभिड–१९ सँग आत्मसमर्पण गर्नु वा यसमाथि विजयको घोषणा गर्नु हतारको निर्णय हुनेछ" : विश्व स्वास्थ्य संगठन