अमेरिकामा Parents Day 2018 कार्यक्रम भब्य रुपमा, शान्तिका लागि राजदूत खनाल दम्पत्ती Parents of the Year 2018 घोसित र सम्मानित

शान्तिका लागि संयुक्त राष्ट्रसंघ सँग मिलेर संसार भर काम गरिरहेको अन्तरराष्ट्रिय संस्था Universal Peace Federation को आयोजनामा भर्जिनिया अमेरिकामा Parents Day 2018 कार्यक्रम भब्य रुपमा सम्पन्न भयो । गर्नुभयो । सो अबसरमा हिन्दू धर्मका विद्वान गुरु एबम राजधानी मन्दिर भर्जिनियाका संस्थापक एबम संस्थापक पूजारी गुरु अमरनाथले शख ध्वनी सहित मन्त्रोच्चारण गर्नुभएको थियो । अमेरिकी समाजका बिभिन्न प्रबुध्द ब्यक्तित्वहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा
म्याक्डेभिटले खनाल दम्पत्ती लाई समाजका उदाहरण भन्दै धेरै भन्दा धेरै जोडीहरुको नोमिनेशन मध्येबाट वहाँहरुलाई छानिएको बताउँदै दाम्पत्य जिबन, परिवार र समाजमा अशल पात्र बनेर देखाइने व्यबहारको ठुलो महत्व हुने बताउनुभयो । ति सबै कुराका लागि परिवार भित्रै आमा बाबु बनेर निर्वाह गर्नुपर्ने भूमिका अझ महत्वपूर्ण हुने बताउनुभयो ।
Parents of the Year को उपाधी र सम्मान पछि बोल्दै Universal Peace Federation का शान्तिका लागि राजदूत ( Ambassador for Peace ) रामप्रसाद खनालले आफुहरुले पाएको यो सम्मानका लागि संस्था प्रति आभार ब्यक्त गर्नुभयो ।
सोही अबसरमा अमेरिकाका लागि बिभिन्न देशमा गै युद्ध लडेका तिनजना नायकहरुलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा म्याक्डेभिटले दाम्पत्य जीवन, आमा बाबु, परिवार र शान्तीका बिषयमा कार्यपत्र पेश गर्नुभएको थियो । विलियम सेलिगले सन्चालन गर्नुभएको उक्त कार्यक्रममा कार्यक्रम सन्योजक बार्बरा मोस्ली मार्क्सले कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रमको अन्त्यमा Parents Day केक काटिएको थियो भने दिवा भोजको पनि आयोजना गरिएको थियो ।
कार्यक्रमका केही तस्वीरहरु जो आफै समाचार यसरी बोल्छन :













































Comments
Post a Comment