अग्रज कवी / साहित्यकार बसन्त चौधरीको बिभिन्न नौँ भाषामा प्रकाशित कृति "बसन्त" को लोकार्पण आयोजना, चौधरी स्वयम उपस्थित भै कविता बाचन गर्नुहुँदै

अमेरिकाको वासिङ्टन डिसीमा "विश्व काब्य यात्रा"

अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीको संयुक्त आयोजनामा आगामी अगस्त ५ तारिख अमेरिकाको वासिङ्टन डिसीमा "विश्व काब्य यात्रा, भर्जिनिया श्रृंखला" आयोजना गरिदैछ । जसमा नेपालका अग्रज कवी / साहित्यकार बसन्त चौधरीको बिभिन्न नौँ भाषामा
प्रकाशित कृति "बसन्त" को लोकार्पण गरिने भएको छ ।

कार्यक्रममा चौधरी स्वयम पनि सहभागी हुनुहुने छ र वहाँले अाफ्ना कविता बाचन पनि गर्नुहुने छ । वहाँलाई अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीका तर्फ बाट नेपाली भाषा, साहित्य, कला र सँस्कृतिको क्षेत्रमा वहाँले पुर्‍याउनुभएको बिशेष योगदानको ऊच्च कदर गर्दै अभिनन्दन समेत गर्न लागिएको आयोजक दुबै संस्थाका अध्यक्ष रामप्रसाद खनालले बताउनुभयो । स्मरण रहोस अमेरिकामा आउने नेपालका कवी, कलाकार, साहित्यकार, लेखक, समाजसेबीहरुलाई अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली
साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीले सधैं यसरीनै सम्झिँदै अाइरहेका छन ।

अनेसास डिसी महसचिब भूप नारायण घर्तिमगरका अनुसार कार्यक्रम मनासस शहरको बेस्ट वेस्टर्न ब्यातल फिल्ड इन होटेलमा अगस्त ५ तारिख बेलुकी ५ बजे तय गरिएकोछ । जसमा वाशिङ्तन डिसी वरपर रहेका नेपालीहरुको सहभागिता रहनेछ । वहाँका अनुसार कार्यक्रमको नाम "विश्व काब्य यात्रा, भर्जिनिया श्रृंखला" राखिएकोछ ।    
                     

Comments

Popular posts from this blog

“कुनै पनि देशले कोभिड–१९ सँग आत्मसमर्पण गर्नु वा यसमाथि विजयको घोषणा गर्नु हतारको निर्णय हुनेछ" : विश्व स्वास्थ्य संगठन

अमेरिकाबाट नेपाल आएर रामप्रसाद खनालले गाए पञ्चेबाजाको मन छुने गीत, रिलिज भयो दुलाहा दुलहीको भिडियो !

दुई महिना नेपाल बसेर भर्खर अमेरिका फर्किएका रामप्रसाद खनाल : सात वटा गीत गाए, धेरै टेलिभिजन र रेडियोहरू देखी मिडियामा छाइरहे