Mother's day celebration special program with promoting marriage, family and peace
International Artists Forum, US and INLS Washington D.C Metro Committee, US are organizing a Special Program in partnership with Universal Peace Federation, USA
अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीले Universal Peace Federation, USA ( upf.org ) सँग मिलेर अमेरिकामा एउटा बिशेष कार्यक्रम गर्न लागेका छन ।संसार प्रसिद्ध The Washington Times का अध्यक्ष तथा Universal Peace Federation का अन्तर्राष्ट्रिय अध्यक्ष Mr.Thomas McDevitt को प्रमुख आतिथ्य र वहाँलेनै आमा दिवस, विश्व शान्ति, बैबाहिक जिबनको सफलता, पारिबारिक मूल्य मान्यता, नैतिकतामा आधारित कार्यपत्र पेश गर्नुहुने, केही अमेरिकी बिशेष पाहुनाहरुको साथमा हुन गैरहेको उक्त महत्वपूर्ण कार्यक्रममा अमेरिका र अन्य देशका गरी केही अन्तर्राष्ट्रिय ब्यक्तित्वहरु सहभागी हुनुहुने कुरा आयोजकबाट थाहा लागेको छ ।
उक्त कार्यक्रममा नेपाली समाजका करिब एकसय पच्चिस अगुवाहरु पनि सहभागी हुनुहुनेछ । सो अबसरमा नेपाली सँस्कृति झल्किने गरी संक्षिप्त साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिने कार्यक्रम छ ।
सम्भव भए सम्म नेपाली पोशाकमा पाल्नु हुन भन्दै सिमित ब्यक्तित्वहरुलाई मात्र निमन्त्रणा गरिएको उक्त कार्यक्रममा निमन्त्रणा गरिएका र मे ७ तारिख भित्रै कन्फर्म गरिसकेका बाहेकलाई अरुलाई प्रबेश गराउन असमर्थ हुने आयोजक संस्था अनेसास डिसी मेट्रो कमिटिका महासचिब भूपनारायण घर्तिमगरले
सम्बध्द सबैलाई जानकारी गराउनुभएको छ ।
नेपाली भाषा ,साहित्य, कला तथा संस्कृतिको संरक्षण, सम्वर्द्धन तथा बिकास गर्दै अमेरिकी समाज र अन्तर्राष्ट्रिय सँस्थाहरु सँग हातेमालो गरी अमेरिकी समाजमा चिनाउदै समाजको अभिन्न अङ्ग बनाउने तपाई हाम्रो प्रयास, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी र अन्तर्राष्ट्रिय कलाकार मँच दुबै संस्थाका प्रयास, सँगसँगै बिश्वशान्तिका निम्ती कार्यरत Universal Peace Federation संग सम्बन्ध राख्ने गरी Mother's Day को उपलक्ष्यमा आमा दिवस, विश्व शान्ति, बैबाहिक जिबनको सफलता, पारिवारीक मूल्य मान्यता, नैतिकता जस्ता अति महत्वपूर्ण बिषयमा बिषयमा केन्द्रीत भई कार्यक्रमको आयोजना गर्न गैइरहेको र यो कार्यक्रमलाई हामीले नयाँ प्रयोग को रुपमा पनि हेरेको ब्यहोरा यहाँहरूलाई सहर्ष जानकारी गराउदछौं" आयोजक संस्था अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीका अध्यक्ष रामप्रसाद खनालले बताउनुभएको छ ।
May 13th, 2018, साँझ 5:00 बजे Best Western Hotel 10820 Balls Ford Road Manassas, Virginia 20109 मा आयोजित उक्त कार्यक्रमको नेपाली समाजका लागि नौलो हुने छ । यस अघि कहिलै पनि आमा दिवस, विश्व शान्ति, बैबाहिक जिबनको सफलता, पारिबारिक मूल्य मान्यता, नैतिकतामा आधारित यस प्रकारको कार्यक्रम नभएको Universal Peace Federation का शान्ति राजदूत समेत रहेका आयोजक खनालले बताउनुभयो ।


Comments
Post a Comment