विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) प्रमुखले कोभिड–१९ माथि विजय घोषणा गर्न वा फैलावट रोक्ने उपायहरूको अहिल्यै अन्त्य गर्नु असामयिक हुने बताउनुभएको छ । डब्लुएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले सञ्चारकर्मीसँगको भेटमा मङ्गलबार भन्नुभयो, “कुनै पनि देशले कोभिड–१९ सँग आत्मसमर्पण गर्नु वा यसमाथि विजयको घोषणा गर्नु हतारको निर्णय हुनेछ ।
भर्खरै मात्र अमेरिकाबाट नेपाल आएका, नेपालमा लोक दोहोरी गीतको बिकास र प्रबर्धनका अभियन्ता, अग्रज लोक तथा दोहोरी गायक एबम अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनालले नेपालबाटै आफ्नो पञ्चेबाजाको बिशेष लोक दोहोरी एल्बम "दुलाहा दुलही" रिलिज गरेका छन ।
अग्रज लोक गायक, नेपालमा लोक दोहोरीका पिता नामले चिनिने हस्ती, पत्रकारिता देखी गीत सङ्गीत, कलाकारिता, साहित्य हर क्षेत्रमा अग्रणी व्यक्तित्व रामप्रसाद खनाल दुई महिना नेपाल बसेर भर्खर अमेरिका फर्किएका छन् । नेपाल बस्दा उनले यस पटक पनि सात वटा गीत गाएर गए । दुई वटा गीत रिलिज गरिसकेका उनले अरू पाँच वटा गीत क्रमशः रिलिज गर्दै जाने विभिन्न टेलिभिजनहरू, रेडियोहरू र मिडियामा अन्तर्वार्ताका क्रममा जानकारी दिएका छन् । यस पटक पनि धेरै टेलिभिजन र रेडियोहरू देखी मिडियामा उनी नेपाल बसुन्जेल छाइरहे ।
Comments
Post a Comment